११ मंसिर, नेपालगन्ज । नेकपा एमाले बाँकेले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चाैधरीलाई अनुशासनकाे कारबाहि गरेकाे छ । एमाले बाँके अध्यक्ष निरक गुरूङले साँसद चाैधरीलाई पार्टि सदस्यबाट निलम्बन गरीएकाे जनाएका छन ।
चाैधरीले पार्टि अध्यक्ष तथा महासचिवकाे मानहानि हुनेगरी सामाजिक संजालमा विभिन्न अभिव्यक्ती दिने र पार्टिकाे मूल्य, मान्यता बिपरीत सार्वजनिक रूपमा गालि गलाैज गर्ने गरेकाे भन्दै उनलाई अनुशासनकाे कारबाहि गरीएकाे बताईएकाे छ ।
अध्यक्ष गुरूङले हस्ताक्षर गरेकाे निलम्बन पत्रमा पार्टि विधानकाे धारा ८ काे ३ र ४ बमाेजिम चाैधरीलाई स्पष्टीकरण साेधिएकाेमा उनले उल्टै समग्र पार्टि बिरूद्द लिखित जवाफ दिएकाे भन्दै कारबाहि गरीएकाे उल्लेख गरीएकाे छ ।
११ मंसिर २०८१, मंगलवार १०:१३ प्रकाशित