१० मंसिर, कोहलपुर । निजी तथा आवासीय विद्यालयको छाता संगठन प्याब्सन कोहलपुरको अध्यक्षमा रमेश खत्री चयन भएका छन् । प्याब्सनको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट रमेश खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अध्यक्ष पदमा निर्वाचित खत्री निम्बल एकेडेमीका संस्थापक हुन ।
त्यसैगरी उपाध्यक्षमा व्रिज इन्टरनेशनलका संस्थापक तथा प्रिन्सिपल समिर घर्ती, सचिवमा कोहलपुर पाठशालाका संस्थापक तथा प्रिन्सिपल मित्रलाल वली र कोषाध्यक्ष अस्मिता पुन चयन भएका छन ।
सदस्यहरुमा रविन्द्र रेग्मी, कल्पना पौडेल र अमृत ढकाल रहेका छन ।
कार्यक्रममा प्याब्सनमा आबद्ध २८ विद्यालयहरुको सहभागिता रहेको थियो ।
१० मंसिर २०८१, सोमबार १८:०१ प्रकाशित