एनपीएल बिरुद्धको रिटमा कारण देखाउ आदेश
  • काँचुली खबर

२५ कात्तिक, काठमाडौं। आफूले आयोजना गर्दै आएको नामको प्रयोग गरेर नेपाल क्रिकेट संघ (क्यान)ले प्रतियोगिता आयोजना गर्न लागेको भन्दै सर्वोच्च अदालत पुगेका आमिर अख्तर निराश बनेका छन् ।

उनको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

न्यायाधीश हरि फुँयालको एकल इजलासले कारण देखाउ आदेशमात्र जारी गरेको छ । यसअघि आमिरले अल्टिमेटम दिएर क्यानलाई सहमति गर्न नत्र कानूनी उपचार खोज्ने चेतावनी दिँदै आएका थिए, तर क्यानले अटेर गरेपछि उनी सर्वोच्च पुगेका थिए ।

आमिरले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गरेका थिए, तर उक्त नामको प्रतियोगिता क्यानले मात्र आयोजना गर्नसक्ने भन्दै विरोध भएपछि उनले प्रतियोगिताको नाम फेरेर एभरेस्ट प्रिमियर लिग राखेका थिए ।

नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेकाले उक्त नाममा अरु कसैले प्रतियोगिता आयोजना गर्न नसक्ने दाबी आमिरको छ । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब क्यानलाई थप सहज भएको छ ।

क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपीएल) यही मंसिर १६ देखि सुरु हुँदैछ ।

  • २५ कार्तिक २०८१, आईतवार १६:२४ प्रकाशित
  • Nabintech