नेपाली चेलीले चीनमा जितिन् ट्रेल रेसको उपाधि
  • काँचुली खबर

५ कात्तिक, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् ।

शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् ।

सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।

सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन् । ‘धेरै राम्रो भयो । ट्रेल अमेजिङ थियो । मैले रेस एकदम इन्जोए गरें । धेरै समर्थकहरु चियर गरिरहेका थिए । म एकदमै खुशी छु ।’

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५:३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन् । रुक्षफाङ चोउ तेस्रो भइन् ।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी छन् । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् । यस्तै उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छिन् ।

  • ५ कार्तिक २०८१, सोमबार १३:३५ प्रकाशित
  • Nabintech