काेहलपुर वाणिज्य संघमा लाेकतान्त्रीक प्यानल बिजयी
  • काँचुली खबर

४ कात्तिक, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघकाे निर्वाचनमा प्रजातान्त्रिक व्यवसायी समुह विजयी भएकाे छ । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार प्रदिप भट्टराई नेतृत्वकाे प्रजातान्त्रिक समुहका उम्मेदवार विजयी भएका छन ।

यहि कात्तिक ३ गते भएकाे निर्वाचनमा काँग्रेस नेतृत्वकाे प्रजातान्त्रिक व्यवसायी समूह र एमाले नेतृत्वकाे प्रगतिशील व्यवसायी समुह बिच प्रतिस्प्रर्धा भएकाे थियाे ।

निर्वाचनमा ७९५ मत ल्याएर अध्यक्ष पदमा प्रदिप भट्टराई निर्वाचित भएका छन । उनका निकटतम प्रतिद्वन्दी अन्जना धितालले ६४६ मत प्राप्त गरेकी छन ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा लाेकतान्त्रीक समुहका चण्डी प्रसाद गैरे ७८४ मतका साथ बिजयी भएका छन । वस्तुगत उपाध्यक्षमा राकेश विष्ट (८४९), महासचिवमा दिपक भण्डारी (८३५), उपमहासचिवमा राज कुमार पाैडेल (७६५) र काेषाध्यक्षमा भुमिराज कँडेल (७४८) विजयी भएका छन ।

उद्योग तर्फकाे उपाध्यक्षमा भने प्रगतिशील समुहका अर्जुन सुवेदी विजयी भएका छन । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १ मत अन्तरले पराजित गर्दै सुवेदिले राेचक जित हासिल गरेका हुन ।
सुवेदिले ७१६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी हरिशरण केसीले ७१५ मत प्राप्त गरेका छन ।

त्यसैगरी सहकाेषाध्यक्षमा समेत प्रगतिशील समुहका टंकप्रसाद खनाल ७७६ मत ल्याएर विजयी भएका छन ।

सदस्य तर्फ लाेकतान्त्रीक समुहका ११ र प्रगतिशिल समुहका दुई जना बिजयी भएका छन ।

शनिबार सम्पन्न भएकाे मतदानमा १४ सय ९५ मत खसेकाे थियाे । १६८६ कुल मतदाता रहेकामा झण्डै ९० प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिएका थिए ।

  • ४ कार्तिक २०८१, आईतवार ०८:५१ प्रकाशित
  • Nabintech