वाणिज्य संघकाे मतदान सम्पन्न, १४ सय ९५ मत खस्याे
  • काँचुली खबर

३ कात्तिक, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघकाे मतदान सम्पन्न भएकाे छ । संघकाे नयाँ नेतृत्वकालागी आज भएकाे मतदान सम्पन्न भएकाे हाे ।

निर्वाचन समितिका अनुसार बेलुका ४ बजेसम्म भएकाे मतदानमा १४ सय ९५ मत खसेकाे छ । १६८६ कुल मतदाता रहेकामा झण्डै ९० प्रतिशत मतदाताले मतदान प्रक्रियामा भाग लिएका हुन ।

निर्वाचन परिणामकालागी आजै मतगणना गर्ने तयारी भईरहेकाे छ ।

  • ३ कार्तिक २०८१, शनिबार १६:५६ प्रकाशित
  • Nabintech