आफ्नै पेटमा चक्कु प्रहार गर्दा युवकको मृत्यु
  • काँचुली खबर

२९ असोज, दाङ । बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । भक्तपुर नगरकोट गाउँपालिका-१४ घर भई हाल बबई गाउँपालिका-४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

मंगलबार बिहान साढे नौ बजेतिरको समयमा मादक पदार्थ सेवन गरेर बाबुसँग विवाद भएपछि अनिलले आफैँले पेटमा चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

घटना लगत्तै गम्भीर घाइते अनिललाई राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान पौने ११ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।

घटनापछि अनिलका बुवा सोमार तामाङ र उनका ३१ वर्षीय दाजु पूर्ण तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • २९ आश्विन २०८१, मंगलवार १६:५५ प्रकाशित
  • Nabintech