नेपालमा पहिलो पटक भेटियो उँट, नियन्त्रणमा लिईदैं
  • काँचुली खबर

२२ असोज, सिन्धुली । पश्चिम सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ६ भिमानमा उँट भेटिएको छ । मंगलबार बिहान बस्ती नजिकै भिमानमा उँट भेटिएको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बव्रध्वज वाइवाले जानकारी दिए ।

हालसम्म हरिहरपुरगढी क्षेत्रमा उट देखिएको थिएन । एउटा उँट बस्तीमा देखिएपछि स्थानीय त्रसिद भएका छन् ।

उँट हर्नेहरूको पनि उत्तिकै भिड लागेको छ । कतिपयले हालसम्म उँट नदेखेका कारण गाउँमा त्रास भएको हो । ‘उँट बस्तीमा देखिएको छ । केही मानिसमा त्रास छाएको छ,’ अध्यक्ष वाइवाले भने ।

हेर्दा अरवियन उँट जस्तो देखिने यो उँट कहाँबाट आएको हो भन्ने एकिन छैन । हामीले वन डिभिजन कार्यालयसँग सम्पर्क गरेका छौं,’ अध्यक्ष वाइवाले भने ।

उता डिभिजन वन कार्यालय मरिणका वन अधिकृत अभिमन्यु केसीले उँट भेटिएको खबर आएपछि कार्यालयबाट वन कर्मचारी र प्रहरी त्यसतर्फ जाँदै गरिएको बताए ।

उनले यो नेपालका जंगलमा नपाइने भएकाले भारतबाट ल्याएर कसैले पाल्दै आएको उँट फुत्किएर भागेको हुन सक्ने उल्लेख गरे । ‘यो सुख्खा मरुभुमि क्षेत्रमा पाइने जनावर हो । नेपालका जंगलमा पाँइदैन । भारतबाट ल्याएर तराई तथा चितवनतिर पालेको कसैको फुत्किएर आएको हुन सक्छ । हाम्रो टोली त्यसतर्फ जाँदै छ,’ उनले भने ।

उँट क्यामेलस प्रजाती अन्तरगत पर्ने एक खुरधारी तथा स्तनधारी घरपालुवा जनावर हो । यो अरवियन र ब्याकट्रियन गरी दुई प्रजातिका हुन्छन् ।

अन्नपूर्णपोष्टबाट

  • २२ आश्विन २०८१, मंगलवार १३:०० प्रकाशित
  • Nabintech