एनपीएलको अक्सन सुरु, १५ लाखमा बिके ललित राजवंशी
  • काँचुली खबर

२० असोज, काठमाडौं । नेपाली राष्ट्रिय टीमका स्पिनर ललित नारायण राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा उच्चतम मूल्यमा बिक्री भएका छन् ।

८ वटै टीमले उनलाई १५ लाखमा खरिद गर्न तयार भएपछि गोलाप्रथाबाट जनकपुर बोल्ट्सले खरिद गर्यो ।

ए क्याटेगोरीमा रहेका राजवंशीको बेस प्राइस १० लाख थियो । तर, उनलाई सबै ८ वटै टीमले १५ लाख रुपैयाँ हाल्न तयार भए पनि गोलाप्रथाबाट निर्णय गरिएको थियो । गोलाप्रथामा जाँदा काठमाडौंले भने हात झिकेको थियो ।

  • २० आश्विन २०८१, आईतवार १६:०१ प्रकाशित
  • Nabintech