१६ असोज, दाङ । बलात्कार आरोपमा एक जना युवक पक्राउ परेका छन् । दाङको गढवा गाउँपालिका-२ का २५ वर्षीय अनिल विश्वकर्मा पक्राउ परेका हुन् ।
उनीमाथि १६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ।
विश्वकर्माले किशोरीलाई काम छ भनेर घरमै बोलाएर बलात्कार गरेको कुरा पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिए।
प्रहरी हिरासतमा रहेका विश्वकर्मालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने भएको छ ।
घटनाबारे थप अनुसन्धान भइ रहेको डिएसपी थापाले जानकारी दिए।
१६ आश्विन २०८१, बुधबार १६:५२ प्रकाशित