१२ असाेज, कोहलपुर । नेकपा एमाले क्षेत्र नं. १ समन्वय कमिटिको आयोजनामा आज कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
एमाले नेता महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले साम्सद सूर्य ढकाल सहित १ सय ५३ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।
जिल्लामा रगतकाे अभाव देखिएकाले रक्तदान कार्यक्रम आयाेजना गरीएकाे एमाले क्षेत्रीय कमिटी संयोजक
कुस्माखर बस्यालले जानकारी दिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा आयाेजना गरीएकाे रक्तदान कार्यक्रममा नेता, कार्यकर्ताका साथै विभिन्न क्षेत्रका ब्यक्तिहरूकाे उल्लेख्य सहभागीता रहेकाे बस्यालले बताए ।
रक्तदान कार्यक्रममा एमाले केन्द्रिय सदस्य एव जिल्ला इन्चार्ज शान्ती ढकाल, एमाले नेता एव संविधान सभा सदस्य देभराज भार, जिल्ला सचिब बलराम भट्टराई लगायत नेता कार्यकर्ताको
सहभागिता रहेको थियो ।
रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
१२ आश्विन २०८१, शनिबार १९:०१ प्रकाशित