पूर्वडीआईजी छविलाल जोशी पक्राउ
  • काँचुली खबर

६ असोज, काठमाडौं । सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेका छन् ।

उनी काठमाडौंबाट पक्राउ परेका प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

पक्राउ परेका जोशीलाई आजै पोखरा लैजाने तयारी प्रहरीको छ । उनी गोर्खा मिडियाका पूर्वसञ्चालक मध्ये एक हुन् ।

सुर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहित चार व्यक्तिको नाम किटान गर्दै कारबाही गर्न निर्देशन दिएको थियो ।

सहकारी रकम छानबिन संसदिय विशेष समितिले सहकारीहरुको रकम दुरुपयोग र अपचलनमा छविलाल जोशीलाई पनि प्रमुख पात्रका रुपमा किटान गरेको छ । विभिन्न सहकारीको रकम ऋणको रुपमा निकाल्ने काममा उनको समेत प्रमुख भूमिका रहेको समितिको निष्कर्ष छ । समितिको निर्णय कार्यान्वयनको निर्णय भएलगत्तै जोशी पक्राउ परेका हुन् ।

  • ६ आश्विन २०८१, आईतवार १७:४२ प्रकाशित
  • Nabintech