हात र घाँटी काटेर आत्महत्या प्रयास, कोहलपुरमा उपचार हुँदै
  • काँचुली खबर

५ असोज, को्हलपुर । कैलालीमा धारिलो हतियार प्रयोग गरेर आफ्नै घाँटी काटेर एक जनाले आत्महत्याको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, जानकी गाउँपालिका-३ का ५० वर्षीय नरबहादुर ओडले घाँटी काटेर आत्महत्याको प्रयास गरेका हुन। घाईते ओडको शिक्षण अस्पताल कोहलपुरमा उपचार जारि रहेको चिकित्सकहरुले जनाएका छन ।

चक्कुले आफ्नै घाँटी र हात काटेका ओड गम्भिर घाइते भएका छन् । उनलाई अहिले उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्र सिंह बोहराले बताए । शनिबार आफ्नै घाँटी र हात काटेर घाइते भएका ओडलाई टीकापुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल कोहलपुर रेफर गरिएको हो । घटनाको कारण खुलेको छैन । घाइते ओडको मानसिक सन्तुलन ठिक नभएको खुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • ५ आश्विन २०८१, शनिबार १९:३५ प्रकाशित
  • Nabintech