कोहलपुरकी चन्द छ दिनदेखि बेपत्ता
  • काँचुली खबर

४ असोज, कोहलपुर । बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता भएकी छन । कोहलपुर नगरपालिका-२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता भएकी हुन ।

गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै भएको र त्यसपछि सम्पर्कमा नआएको बेपत्ता महिलाकी छोरी सीता चन्दले बताईन । छोरी सीताले घरमा कोही कसैलाई कुनै जानकारी नदिई घरबाट बेपत्ता भएको र जताततै खोजतलास गर्दा पनि हालसम्म फेला नपरेको बताईन ।

उनले बेपत्ता आमा पार्वतीको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बताए । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले भदौ ३१ गते खोजीका लागि उजुरी आएको र तत्पश्चात् बेपत्ता महिला पार्वतीको खोजतलास भइरहेको जानकारी दिए ।

  • ४ आश्विन २०८१, शुक्रबार १४:४४ प्रकाशित
  • Nabintech