युवा स्वरोजगार कोषलाई ऋण नतिर्ने ५० सहकारी (सूचीसहित)
  • काँचुली खबर

२३ भदौ, काठमाडौँ । युवा स्वरोजगार कार्यक्रम अन्तर्गत उठ्न बाँकी १ अर्ब ३१ करोड २३ लाख ४२ हजार ७८९ रुपैयाँ ३९ पैसामध्ये २७ करोडभन्दा बढी रकम ५० वटा सहकारी संस्थाले नतिरेको पाइएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषको व्यवस्थापन सञ्चालन तथा कर्जा परिचालनको प्रभावकारिता अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदनअनुसार देशभरका ५० सहकारीले २७ करोड ३१ लाख ९७ हजार ३३१ रुपैयाँ ८४ पैसा रकम नतिरेको पाइएको हो ।

तर सहकारी संस्थाले लगानी गर्दा सहकारीमा सदस्य भएको ३ महिनापछि मात्र लगानी गर्ने भएकाले व्यवसाय गर्ने इच्छाशक्ति भएका वास्तविक युवाहरू भने सहुलियत ऋणबाट वञ्चित भएका थिए ।

‘कतिपय सहकारीले त नक्कली ऋणी खडा गरेर ऋण जथाभाबी दिएको हाम्रो अध्ययनमा देखियो‚’ प्रतिवेदन तयार पार्न लगाएका पूर्वमन्त्री विराजभक्त श्रेष्ठको भनाइ छ ।

सहकारी संस्थालाई उपलब्ध गराइएको कर्जा व्यवसाय विस्तारमा लगाइएको अध्ययनका क्रममा पाइएको उनको भनाइ छ । कोषको कार्यविधि, २०७७ अनुसार कोषको बैंक खाताको सञ्चालन कार्यकारी निर्देशक र आर्थिक प्रशासन शाखा प्रमुखको दस्तखतबाट हुनुपर्ने कुरा उल्लेख छ । तर‚ खाता सञ्चालन कार्यकारी निर्देशक र कोषको वित्त शाखा प्रमुखको दस्तखतबाट हुने गरेको पाइएको छ । प्रतिवेदन अनुसार कोषले बैंक तथा वित्तीय संस्थामा ३३ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ ।

रकम लगेर नतिर्ने यी ५० सहकारीको सूची

१. डोल्पो हिमालयन बचत तथा ऋण सहकारी संस्था लिमिटेड‚ डोल्पा (९२ लाख ३६ हजार ७०४ रुपैयाँ ३७ पैसा)

२. अमरज्योती बहुउद्देश्यीय बचत सहकारी संस्था‚ सुर्खेत (९० लाख ८६ हजार १६१ रुपैयाँ ७५ पैसा)

३. उपकार बचत तथा ऋण सहकारी संस्था‚ पर्सा (७९ लाख ९७ हजार ६८६ रुपैयाँ ९ पैसा)

४. स्वस्तिक बचत तथा ऋण सहकारी‚ काठमाडौँ (७७ लाख ५६ हजार १३१ रुपैयाँ ५१ पैसा)

५. लिब्जु भुम्जु बचत तथा ऋण सहकारी‚ ओखलढुङ्गा (६४ लाख ८० हजार ७८७ रुपैयाँ ३७ पैसा)

६. चुलीपुग साना किसान कृषि सहकारी संस्था‚ कालिकोट (६३ लाख ३७ हजार ६०६ रुपैयाँ ३२ पैसा)

७. लक्ष्मीनारायण बचत तथा ऋण सहकारी‚ झापा (६३ लाख ३६२ रुपैयाँ ५० पैसा)

८. थाली बचत तथा ऋण सहकारी संस्था‚ काठमाडौँ (६१ लाख ५३ हजार १४२ रुपैयाँ ०२ पैसा)

९. पहिलोपाइला बहुउद्देश्यीय सहकारी संस्था‚ झापा (६० लाख ४१ हजार ३१६ रुपैयाँ ९८ पैसा)

१०. कर्मयोगी बचत तथा ऋण सहकारी संस्था‚ हुम्ला (६० लाख ६ हजार २४३ रुपैयाँ ७२ पैसा)

११. गृहिणी बहुउद्देश्यीय सहकारी संस्था‚ बाँके (५७ लाख ५० हजार ७५५ रुपैयाँ ९८ पैसा)

१२. जय मधेस साझा कृषि सहकारी संस्था‚ सप्तरी (५७ लाख ४८ हजार ५८७ रुपैयाँ १४ पैसा)

१३. हिमशिकार बहुउद्देश्यीय सहकारी संस्था‚ उदयपुर (५६ लाख ९२ हजार ८७३ रुपैयाँ ३८ पैसा)

१४. सामूहिक कृषि सहकारी संस्था लिमिटेड‚ सुनसरी (५६ लाख ४५ हजार १९५ रुपैयाँ १२ पैसा)

१५. मिलनसिल बचत तथा ऋण सहकारी संस्था‚ सुनसरी (५६ लाख ३ हजार ४२७ रुपैयाँ ९२ पैसा)

१६. रामचेदेवी बचत तथा ऋण सहकारी संस्था‚ (स्याङ्जा ५६ लाख २४९ रुपैयाँ १७ पैसा)

१७. बलिदान जनकृषि सहकारी संस्था‚ रुकुम (५५ लाख ३५ हजार ७५४ रुपैयाँ ४४ पैसा)

१८. भगवती बचत तथा ऋण सहकारी संस्था‚ पर्सा (५५ लाख २३ हजार ८५९ रुपैयाँ ५० पैसा)

१९. समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था‚ झापा (५४ लाख ५७ हजार ३७७ रुपैयाँ ९९ पैसा)

२०. बज्रयोगिनी बचत तथा ऋण सहकारी संस्था‚ झापा (५४ लाख ३५ हजार ६९९ रुपैयाँ ६७ पैसा)

२१. सर्जक कृषि सहकारी संस्था‚ सुनसरी (५४ लाख ३२ हजार २९३ रुपैयाँ ५८ पैसा)

२२. सम्झना कृषि सहकारी संस्था‚ ललितपुर (५३ लाख ५२ हजार ९३७ रुपैयाँ ७७ पैसा)

२३. नवगोरेटो कृषि सहकारी संस्था‚ धादिङ (५३ लाख १९ हजार ८०३ रुपैयाँ ४२ पैसा)

२४. बिहानी बचत तथा ऋण सहकारी संस्था‚ रुकुम (५३ लाख १५ हजार ८५६ रुपैयाँ ०३ पैसा)

२५. मनमुरी कृषि सहकारी‚काठमाडौँ (५२ लाख ९६ हजार ८३७ रुपैयाँ ५३ पैसा)

२६. पुर्वर्दा कृषि सहकारी संस्था‚ झापा (५२ लाख ६२ हजार ७६८ रुपैयाँ १८ पैसा)

२७. चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था‚ सिन्धुली (५१ लाख ८३ हजार ५३७ रुपैयाँ ८० पैसा)

२८. शैलुङ्गेश्वर कृषक सहकारी संस्था‚ दोलखा (५१ लाख ५१ हजार १४६ रुपैयाँ ५४ पैसा)

२९. हिमाल बचत तथा ऋण सहकारी संस्था‚ सप्तरी (४९ लाख ८७ हजार १२२ रुपैयाँ ६६ पैसा)

३०. संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी‚ झापा (४९ लाख ८२ हजार १७१ रुपैयाँ ११ पैसा)

३१. गंगा जमुना कृषि सहकारी संस्था‚ बाँके (४९ लाख ७६ हजार ३९ रुपैयाँ ५४ पैसा)

३२. सीतामाई कृषि सहकारी संस्था‚ महोत्तरी (४९ लाख ७० हजार ८०९ रुपैयाँ ५१ पैसा)

३३. व्यवसायी कृषि सहकारी संस्था‚ सुनसरी (४९ लाख ६५ हजार ५२ रुपैयाँ ९३ पैसा)

३४. एभरेस्ट कृषि सहकारी संस्था‚ सोलुखुम्बु (४८ लाख ८३ हजार ५७७ रुपैयाँ २७ पैसा)

३५. तेमराङ कृषि सहकारी संस्था‚ रसुवा (४७ लाख ८७ हजार ३९८ रुपैयाँ ४४ पैसा)

३६. त्रिनेत्र बहुउद्देश्यीय सहकारी संस्था‚ झापा (४७ लाख ८६ हजार २१४ रुपैयाँ ४१ पैसा)

३७. साझा सहकारी संस्था‚ उदयपुर (४७ लाख ३५ हजार ३२१ रुपैयाँ २३ पैसा)

३.८ सिटीग्राम बहुउद्देश्यीय सहकारी संस्था‚ ललितपुर (४६ लाख ७९ हजार १८५ रुपैयाँ २ पैसा)

३९. सानिभेरी जनप्रभा कृषि सहकारी संस्था‚ रुकुम  (४६ लाख ७० हजार ८५१ रुपैयाँ १६ पैसा)

४०. नयाँ कृषि अभियान कृषि सहकारी संस्था‚ दाङ (४६ लाख ४१ हजार ५०८ रुपैयाँ ६५ पैसा)

४१. ग्रामीण पर्यटन व्यवसायी सहकारी संस्था‚ कालिकोट (४६ लाख ३८ हजार २६१ रुपैयाँ ३० पैसा)

४२. मानेभन्ज्याङ बचत तथा ऋण सहकारी‚ ओखलढुङ्गा (४६ लाख ३४ हजार ५८१ रुपैयाँ ९१ पैसा)

४३. सफा बचत तथा ऋण सहकारी‚ काभ्रे (४६ लाख १९ हजार ५२८ रुपैयाँ १० पैसा)

४४. विविध हिमाली बहुउद्देश्यीय सहकारी‚ डोल्पा (४५ लाख ९२ हजार ५३ रुपैयाँ ६६ पैसा)

४५. लक्ष्मीपुर कृषि सहकारी संस्था‚ झापा (४५ लाख ३५ हजार ९८ रुपैयाँ ४४ पैसा)

४६. मुलपानी कृषि तथा पशु सहकारी‚ सुर्खेत (४५ लाख ७ हजार ३९२ रुपैयाँ ५२ पैसा)

४७. जनजागरण अभियान कृषि सहकारी‚ पाँचथर (४४ लाख ९१ हजार ९५५ रुपैयाँ ३ पैसा)

४८. पशुपति महिला सहकारी‚ कैलाली (४४ लाख ८७ हजार १५१ रुपैयाँ ३४ पैसा)

४९. मेवा कृषि सहकारी संस्था‚ ताप्लेजुङ (४४ लाख ७२ हजार ६५४ रुपैयाँ ६३ पैसा)

५०. घर आँगन बचत तथा रिन सहकारी संस्था‚ पर्सा (४४ लाख ४८ हजार २९९ रुपैयाँ १९ पैसा)

  • २३ भाद्र २०८१, आईतवार १३:१६ प्रकाशित
  • Nabintech