ढकेरी बस दुर्घटना : पिडित परीवारलाई साढे २१ लाख क्षतीपूर्ती
  • काँचुली खबर

२७ साउन, कोहलपुर । गत बुधबार बाँकेको ढकेरीमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका युवाको परीवारलाई क्षतीपूर्ती स्वरुप २१ लाख ५० हजार रकम उपलब्ध गराईने भएको छ । २४ साउनमा बाँकेको कोहलपुर नगरपालिका-१२ स्थित ज्ञानकुञ्ज बोर्डिङ स्कुलको बसले ढकेरी पुल नजिकै ठक्कर दिदा स्थानिय गोविन्द वली र उनका २१ वटा खसी बाख्राको मृत्यु भएको थियो ।

घटनापछि पिडित परीवारसँग भएको छलफलमा क्षतिपूर्ती बापत साढे २१ लाख रुपैयाँ दिने सहमति भएको बताईएको छ । स्थानीय पूर्णबहादुर वलीका अनुसार विद्यालय प्रशासनले मृतकका लागि १५ लाख र २१ वटा खसी-बाख्राको प्रति गोटा २५ हजारका दरले पाँच लाख पच्चिस हजार र क्रिया खर्च समेत गरी साढे २१ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।

स्कुल सञ्चालक समितिले २५ दिनभित्र १५ लाख र बाँकी रकम बीमाको रकमसँगै उपलब्ध गराउने सहमति भएको उनले जनाए । त्यस्तै, मृतकका नौ महिनाका छोरालाई जहाँ पढाए पनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले बेहोर्ने सहमति पनि भएको छ।

गत बिहीबार बेलुका ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट पूर्वतर्फ विद्यार्थी छोड़न आइरहेको समयमा घटना भएको थियो ।

बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन् ।दुर्घटनालगत्तै फरार सुनारलाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका चालकले बसको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीसमक्ष बयान गरेका छन् ।

  • २८ श्रावण २०८१, सोमबार १४:५२ प्रकाशित
  • Nabintech