लीलादेवी बनिन् नेपालको पहिलो महिला मुख्यसचिव
  • काँचुली खबर

१० साउन, काठमाडौँ । सरकारले मुख्य सचिव नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिव नियुक्त गरेको हो ।

सरकारको यो निर्णयसँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी हुन् । उनलाई यसअघि पुष्कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कामु मुख्य सचिव बनाएको थियो ।

उनी ५८ वर्ष उमेर हदका कारण १५ भदौ २०८१ मा अनिवार्य अवकाशमा जानेछिन् ।

  • १० श्रावण २०८१, बिहीबार १७:१५ प्रकाशित
  • Nabintech