प्रहरी जवानकाे मृत्यु प्रकरणमा बाँकेबाट एक जना पक्राउ
  • काँचुली खबर

५ असार, काेहलपुर । सिराहामा प्रहरी जवानको मृत्यु भएको घटनामा एक जना पक्राउ परेका छन् । गत जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी २५ वर्षिय जवान  करिश्मा सुनार झुण्डिएकाे अवस्थामा मृत फेला परेकी थिइन् ।

बाँकेकाे खजुरा गाउँपालिका-४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ । सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैजनाथ गाउँपालिका-२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहा लगेर आत्महत्या दुरुत्साहन मुद्दामा सिराहा जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान गरिरहेको सूचना अधिकारी प्रहरी निरीक्षक उदयभान द्विवेदीले जानकारी दिए ।

  • ५ असार २०८१, बुधबार ०९:४७ प्रकाशित
  • Nabintech