असार ३ गते सार्वजनिक बिदा
  • काँचुली खबर

३२ जेठ, काठमाण्डौं । सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) मा सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेर असार ३ गते (सोमबार) सार्वजनिक बिदा दिने जनाएको हो।

गत माघ २९ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल-अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:४९ प्रकाशित
  • Nabintech