१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म व्यापार महाेत्सव संचालन हुने भएकाे छ । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाेत्सव संचालनका बारेमा आधिकारीक जानकारी दिएकाे हाे ।
स्थानिय न्युराेड मैदानमा संचालन हुने महाेत्सव अहिलेसम्मकै ब्यवस्थित र भब्य रूपमा संचालन गर्ने गरी तयारी सुरू गरीएकाे आयाेजकले जनाएकाे छ ।
“मेहनत, सृजना, उत्पादन र वस्तु मेरै नेपालको” भन्ने नाराका साथ आयोजना हुने पाँचौ औधोगिक लघु, घरेलु तथा कृषि, प्रबिधि ब्यापार महोत्सवमा बिभिन्न बस्तु तथा सामाग्रीका ३ सय देखि ३५० स्टल रहने आयोजकले जनाएको छ ।
मंगलवारसम्म स्वतस्र्फुत रुपमा १३ वटा स्टल बुकिङ भईसकेको उल्लेख गर्दै घरेलु महासंघ कोहलपुरका अध्यक्ष हेम विक्रम जिसिले स्थानिय उत्पनदन प्रवर्द्धनमा आफुहरू केन्द्रित रहेकाे बताए ।
ग्रामिण स्तरमा संचालन भएका उद्योग तथा कृषकहरूले उत्पादन गरेकाे सामग्रीकाे बजारीकरणमा महाेत्सवले विशेष भुमिका खेल्ने विश्वास ब्यक्त गर्दै जिसिले त्यस्ता उत्पादनकालागि आफुहरूले नि:शुल्क स्टल उपलब्ध गराउने बताए ।
महोत्सवको अबधिभर १ घण्टाको टक शो कार्यक्रमको आयोजना गरि उक्त दिनको महोत्सवको अवस्थाबारे प्रतिक्रिया लिने र अर्को दिन उक्त कुरालाई फिडब्याकका रुपमा लिएर महोत्सवलाई सौम्य, शान्त र सौहार्द बनाउन चाहेको महासचिव हिमलाल घिमिरेले जिकिर गरे ।
सुरक्षाका दृष्टिले सिसिटिभि सहित तीनवटा आपतकालिन द्धार रहने र अन्य सुरक्षा बन्दोवस्तकालागि नगर प्रहरी तथा सरकारी सुरक्षा निकायसँग समेत समन्वय भईरहेको घिमिरेले बताए ।
उनले यस अघिका महोत्सवबाट आर्जित रकमले संस्थाले आफनै स्वामित्वको जग्गा खरिद गरि भवन निर्माण गरेको स्मरण गराउदै आउदा मेला महोत्सवको पनि हिसाब सार्वजनिक गर्नुपर्ने आफुहरुले नैतिक दवावको नजिर बसाल्न चाहेको बताए ।
थारु संग्राहलय, मगर संग्राहलय लगाएत स्थानिय लोपउन्मुख खाद्य बस्तुका स्टल स्थानिय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने बताईएको महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले जनाएको छ ।
अपांग तथा जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा नि:शुल्क प्रबेश दिईनुका साथै यस पटक तीन वटा मञ्च निर्माण गरी अतिथी एवं अपांग तथा जेष्ठ नागरिकहरूलाई सहज रूपमा महाेत्सव अवलोकनकाे ब्यवस्था मिलाईएकाे घिमिरेले बताए ।
१६ माघ २०८०, मंगलवार १८:१९ प्रकाशित