रामबहादुर बमजनलाई थुनामा पठाउन अदालतको आदेश
  • काँचुली खबर

२६ पुष, काठमाण्डौं । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनका अनुसार बिहीबार सात जना वकिलहरूले बहस गरेका छन्। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।

बमजनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका-६ हात्तिगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

लामो समयदेखि फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए। तर सफल हुन सकेनन्। उनलाई बिहीबार सिआइबीले सार्वजनिक गरेको थियो। बुधबार नै हवाइ माध्यम मार्फत लग्ने प्रयास प्रहरीको थियो। तर टिकट नपाएपछि स्थलमार्गमार्फत राति सर्लाही पुर्‍याइएको थियो।

  • २६ पुष २०८०, बिहीबार १७:३५ प्रकाशित
  • Nabintech