१९ पुस, काेहलपुर । काेहलपुर उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा शुक्रवार (भाेली) हुँदैछ । संघको २५ औं स्थापना दिवशकाे अवसरमा विशेष कार्यक्रमसँगै १०औं वार्षिक साधारण सभा संचालनकालागी आवश्यकता तयारी पुरा भएकाे वाणिज्य संघले जनाएकाे छ ।
पाैष २० गते साधारण सभा गर्ने निर्णय भएअनुसार उद्याेग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालकाे उपस्थितिमा १०औं साधारण सभा आयाेजना गरिएकाे संघका अध्यक्ष लक्ष्मणराज पाैडेलले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
संघका अध्यक्ष पाैडेलको अध्यक्षतामा यस अघि बसेको कार्यसमिति बैठकले साधारण सभा तथा स्थापना दिवस विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न विभिन्न तयारी समिति गठन गरिएकाले छाेटाे समयमा साधारण सभा आयाेजना गर्न सहज वाताबरण बनेकाे बताए । संघकाे सभाहलमा विहान ११ बजेबाट शुरू हुने साधारण सभामा आर्थिक, प्रशासनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गरिने छ ।
व्यवसायीहरुले आफ्ना व्यवसाय सञ्चालन गर्न अत्यन्त कठिन परिस्थितीको सामना गरिरहेकाे अवस्थामा न्यून भोल्टेज, घर बहाल समस्या, भन्सार तथा अन्डर विलिङ्गको व्यवस्थापन लगाएतका समस्या समाधानसंगै मिसम्याच जस्ता समस्याहरु समाधानमा केन्द्रित रहेर साधारण सभा गर्न लागिएकाे संघका अध्यक्ष पाैडेललकाे भनाई छ ।
व्यवसायीहरुको क्षमता विकास गरी समस्याको पहिचान गर्नुका साथै व्यवसायको प्रवद्र्धन गरी काेहलपुरलाई लुम्बिनी प्रदेशको व्यापारीक नाकाको रुपमा विस्तार गर्न संघले निरन्तर प्रयास गरिरहेकाे भन्दै संघ अध्यक्ष पाैडेलले साधारण सभामा उद्याेगी व्यवसायी मात्र नभई सम्पूर्ण सम्बन्धित पक्ष, नागरिक समाज, पत्रकार सञ्चारकर्मी लगाएतका सामाजिक अभियन्ताहरूलाई उपस्थितकालागि आमन्त्रित गरेकाे बताए ।
१९ पुष २०८०, बिहीबार २१:२३ प्रकाशित