चिनमा शक्तिशाली भुकम्प, १०० भन्दा बढिकाे मृत्यु
  • काँचुली खबर

३ पुस, काठमाडौं । उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते छन् ।

कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार आज बिहान २ बजे ६.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्हवाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएको जनाएको छ ।
रातिदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।
गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो ।
  • ३ पुष २०८०, मंगलवार ०७:५० प्रकाशित
  • Nabintech