करेन्ट लागेर नागरिक उन्मुक्ति पार्टीका नेताको मृत्यु
  • काँचुली खबर

२८ मंसिर, कोहलपुर । बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्लाको राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने ३६ वर्षीय कृष्ण बहादुर थारु रहेका छन ।

नागरीक उन्मुक्ती पार्टी बाँके जिल्ला कमिटी सदस्य समेत रहेका थारु आफ्नै घरमा रहेको राप्ती कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । थारुको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र पोष्टमार्टमपछि थारुको शव परिवारलाई बुझाईने प्रहरीले जनाएको छ ।

  • २८ मंसिर २०८०, बिहीबार १६:१५ प्रकाशित
  • Nabintech