बाँकेका युवाहरुद्धारा भूकम्प पीडितलाई राहत सहयोग
  • काँचुली खबर

२ मंसिर, कोहलपुर । जाजरकोटका भुकम्प पिडितहरुलाई बाँकेका युवाहरुले राहत सहयोग उपलब्ध गराएका छन । बाँकेको बैजनाथ र कोहलपुरका जागरुक युवाहरुको समुह ‘एस क्लब’ले भुकम्पबाट प्रभावित भएकाहरुलाई त्रिपाल र कम्बल उपलब्ध गराएको हो ।

भुकम्प गएलगत्तै एस क्लबमा आवद्ध युवाहरुले राहत संकलन अभियान संचालन गरेका थिए । अभियानबाट जम्मा भएको रकमले ५९ थान त्रिपाल (ठुलो) र ५९ थान कम्बल राहत स्वरुप प्रदान गरीएको क्लबका सदस्य छबी पुन मगरले जानकारी दिए ।

शनिबार घटनास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारीको रोहबरमा राहत सामग्री बितरण गरीएको बताउँदै पुनले अभियानमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ब्यक्त गरेका छन । उनले झण्डै १ लाख १५ हजार बराबरको राहत सामग्री बितरण गरीएको बताए ।

जाडो मौसम सुरु भइसकेकाले अहिले भूकम्प पीडितलाई सबैभन्दा बढी पाल र ओढ्ने सामग्री आवश्यक रहेको देखेर कम्बल र त्रिपाल प्रदान गरिएको अभियानका सदस्य सोभन हमालले जानकारी दिए ।

एस क्लबका सुनिल खड्का, छबी पुन मगर, प्रदिप विसी, सोभन हमाल लगाएतका युवाहरु राहत सामग्री लिएर शुक्रबार जाजरकोट पुगेका थिए ।

  • २ मंसिर २०८०, शनिबार १८:१६ प्रकाशित
  • Nabintech