२० कात्तिक, नेपालगन्ज । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
कार्तिक १२ गतेदेखि १९ गतेसम्मको आठ दिनको समय अवधिमा १ हजार ७ सय ३१ जना सेवाग्राहीबाट १ करोड ९४ लाख ८१ हजार ७ सय ६६ रुपियाँ बक्यौता रकम उठेको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख ई. हरिप्रसाद पाण्डेले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्लाहरूका १० विद्युत् वितरण केन्द्रहरूबाट आठ दिनको अवधिमा २ करोड ८० लाख ३ हजार ९ सय ६१ रुपियाँ विद्युत् महसुल बापतको बाँकी बक्यौता रकम नतिर्ने २ हजार ९ सय ७९ जना सेवाग्राहीको लाइन काटिएको डिभिजन प्रमुख पाण्डेले जानकारी दिए ।
लाइन काटिएपछि सो समय अवधिमा १ हजार ७ सय ३१ जना सेवाग्राहीले नियमानुसार पुनः लाइन जाडेको र पुनः लाइन जोड्ने क्रममा १ करोड ९४ लाख ८१ हजार ६६ रुपियाँ विद्युतको बाँकी बक्यौता रकम सङ्कलन भएको उनले जानकारी दिए ।
त्यसै गरी यो आर्थिक वर्षको साउन १ गतेदेखि कार्तिक १९ गतेसम्मको समय अवधिमा लुम्बिनी प्रदेशका ६ जिल्लाका ४ हजार ८ सय २६ जना सेवाग्राहीको लाइन काटिएको लुम्बिनी प्रदेश डिभिजन कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार १२ करोड ४ लाख ९८ हजार ७ सय ५० रुपियाँ विद्युत् महसुल तिर्न बाँकी रहेका ४ हजार ८ सय २६ जना सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये १९ गतेसम्म ३ हजार ३ सय ७६ जनाले पुनः लाइन जोडेको र उनीहरूबाट ५ करोड ८ लाख ५५ हजार ९५८ रुपियाँ बाँकी बक्यौता रकम सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र रुकुमपूर्व गरी ६ वटा जिल्लाका नेपालगन्ज वितरण केन्द्र, गुलरिया वितरण केन्द्र, घोराही वितरण केन्द्र, कोहलपुर वितरण केन्द्र, राजापुर वितरण केन्द्र, लमही वितरण केन्द्र, तुलसीपुर वितरण केन्द्र, प्युठान वितरण केन्द्र, रुकुमपूर्व वितरण केन्द्र, रोल्पा वितरण वितरण केन्द्र गरी १० केन्द्रबाट आफ्नो सेवा प्रवाह गर्दै आएको छ ।
नेपाल विद्युत् प्राधिकरणले कार्तिक १२ गतेदेखि ६० दिन पुग्दासम्म पनि विद्युत् महसुल नबुझाएका सेवाग्राहीहरूको लाइन काट्ने अभियान नै सञ्चालन गरेको छ ।
२० कार्तिक २०८०, सोमबार १३:२६ प्रकाशित