१७ कार्तिक, कोहलपुर । कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप अन्तर्गत आईतबार भएको खेलमा दुधौली स्पोर्ट्स क्लब सिन्धुली बिजयी भएको छ । प्रतियोगितामा एक मात्र बिदेशी टिमका रुपमा सहभागी भएको क्यामरुनको एभिनियर एफ.सी. लाई ट्राईबेकरमा हराउँदै दुधौली स्पोर्ट्स क्लब बिजयी भएको हो ।
आईतबार भएको खेलमा निर्धारित समयसम्म दुबै टिमले गोल गर्न नसकेपछि ट्राईबेकर मार्फत नतिजा निकालिएको थियो । ट्राईबेकरमा ६ का बिरुद्ध ७ गोल गर्दै दुधौली स्पोर्ट्स क्लब बिजयी भएको हो । जितसँगै दुधौली स्पोर्ट्स क्लब सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने क्यामरुनको एभिनियर एफ.सी. प्रतियोगिताबाट बाहिरीएको छ ।
आईतबार सम्पन्न खेलको म्यान अफ द म्याच दुधौली स्पोर्ट्स क्लब खेलाडी लोकेश चौधरी घोषित भएका छन । उनलाई ५ हजारको चेक प्रदान गरीएको आयोजक कोहलपुर रेसिङ साहारा क्लबले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत भोली त्रिभुवन आर्मी क्लब र दुधौली स्पोर्ट्स क्लब बिच खेल हुने भएको छ ।
कार्तिक २२ गतेसम्म कोहलपुरस्थित तेह्र बिगाह मैदानमा संचालन भईरहेको प्रतियोगिताको फाईनल खेल कात्तिक २२ गते हुने आयोजकले जनाएको छ ।
१९ कार्तिक २०८०, आईतवार १९:०९ प्रकाशित