यूएईविरुद्ध नेपालकाे सानदार जित
  • काँचुली खबर

१ कात्तिक, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले यूएईविरुद्ध शानदार जित निकालेको छ ।

बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई हराएको हो ।  नेपालको जित कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।

अल नासिरले ३२, कप्तान मुहम्मद वसीमले १७ तथा आसिफ खानले १५ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक एक विकेट हात पारे ।

  • १ कार्तिक २०८०, बुधबार १६:४३ प्रकाशित
  • Nabintech