नेपाली बलर चम्किएपछि ७७ अनमै समेटियाे बहराइन
  • काँचुली खबर

२८ असोज, काठमाडौं । दिपेश कँडेल र दुर्गेश गुप्ताले सानदार बलिङ गरेपछि नेपालले एसीसी यू-१९ प्रिमियर कपमा बहराइनलाई ७७ रनमा अलआउट गरेको छ ।

मलेसियाको बायुमास ओभलमा भइरहेको खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गरेको थियो । तर, दिपेश र दुर्गेशले किफायती बलिङ गरेपछि बहराइन ३७.५ ओभरमा ७७  अलआउट भयो ।
दिपेशले कीर्तिमानी बलिङ गर्दै ९.५ ओभरमा ८ ओभर मेडन राख्दै जम्मा चार रन मात्र खर्चेर ६ विकेट लिए । यस्तै दुर्गेशले ७ ओभरमा एक ओभर मेडन राख्दै १८ रन खर्चेर चार विकेट लिए ।
बहराइनका लागि मुहम्मेद बसिल अब्दुल हाकिमले सर्वाधिक ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हाकिमले ७७ बल खेल्दा २ चौका र २ छक्का प्रहार गरे । अभिनव गिरिश बिस्टले ६९ बल खेल्दै ९ रन बनाए ।
नेपाली बलरको घातक बलिङसामु टिक्न नसकेका बहराइनका पाँच खेलाडीले खातासमेत खोल्न सकेनन् ।
  • २८ आश्विन २०८०, आईतवार ११:१४ प्रकाशित
  • Nabintech