एघारौं अन्तर्राष्ट्रिय तेक्वान्दो खेल्ने बाँकेका खेलाडिहरुलाई विदाई
  • काँचुली खबर

२५, भदाै, कोहलपुर । ११औ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि बाँकेबाट सहभागि हुने खेलाडिहरुलाई एक कार्यक्रमका विच विदाई गरिएको छ ।
भदौ २७ गते देखि काठमाडौंमा संचालन हुने प्रतियोगितामा बाँकेबाट महिला र पुरुष गरी २७ जना खेलाडीहरुले सहभागिता जनाउने छन ।

बाँकेबाट सहभागिता जनाउने खेलाडिहरुलाई बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछाने प्रतियोगितामा सफलताकाे शुभकामना सहित सोमवार विदाई गरेका हुन ।बाँकेमा खेल प्रशिक्षणका लागि उपयुक्त सामाग्री र खेल स्थान नभएपनि खेलाडिहरुले आफ्नै बलबुतामा तयारी गरी प्रतियोगितामा सहभागीता जनाउन लागेकाे अध्यक्ष लामिछानेले बताए ।

बाँके जिल्ला प्रशिक्षका रुपमा तेक्वान्दो डोजाङ्गका वरिष्ठ प्रशिक्षक महेस थापा, श्याम भट्टराई र राष्ट्रिय रेफ्री रामरति थारु समेत खेलाडिहरुसँगै काठमाण्डौ प्रस्थान गरेका छन ।

भदौ २७ देखी ३१ गतेसम्म ५ ओटा ऐरिनामा संचालन हुने प्रतियोगितामा देशभरबाट १ हजार ७७८ खेलाडी सहभागी हुनुका साथै भारत र बङ्गलादेशका खेलाडी समेत सहभागी हुने बताईएकाे छ ।

  • २५ भाद्र २०८०, सोमबार १५:२४ प्रकाशित
  • Nabintech