२१ भदौ, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाको परस्पुरदेखि जानकी गाउँपालिका हुँदै खजुरा गाउँपालिका-२ सीतापुर जोड्ने सडक निर्माणमा ढिलाइ भएको छ ।
निर्माण सुरु भएको करिब डेढ वर्षको अवधिमा कामले गति लिन नसकेपछि खजुरा गाउँपालिकाले सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको छ । डेढ वर्षको अवधिमा जानकी र खजुरा गाउँपालिकाको सीमामा एउटा कल्भर्ट र केही सामान्य काम बाहेक कामले गति लिन नसकेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अध्यक्ष विकले भने, ‘निर्माण सुरु भएको डेढ वर्षको अवधिमा निर्माण कार्य सुस्त भएपछि समयमै काम हुन सक्ने सम्भावना कम देखिएको छ, छिटो निर्माण कार्य गराउन वा नयाँ निर्णयमा जान गाउँपालिकाले बारम्बार सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराइरहेको छ ।’
करिब १० किलोमिटर सडक कालोपत्रेका लागि कंकाई-गणपति जेभीले भ्याट र पिएससहित १३ करोड ४३ लाख रुपियाँमा निर्माणको जिम्मेवारी पाएको छ । बस्तीमा दुवैतर्फ नालीसहित १० मिटर चौडाइको सडक बन्नेछ । निर्माण कम्पनीका अनुसार ७ मिटर कालोपत्रे हुनेछ ।
अघिल्लो वर्ष वैशाख २५ गते सम्झौता भएको सडकको निर्माण कार्य २०८१ भदौ २४ गते सम्पन्न हुने सम्झौतामा उल्लेख गरिएको छ । कालोपत्रे जीर्ण भएपछि भत्काएर जीर्ण ग्राभेल गरिएको छ ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८-७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । यो सडकलाई बर्दियाको कण्ठपुर हुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जले निर्माण कम्पनीलाई छिटोभन्दा छिटो निर्माण कार्य अघि बढाउन ताकेता गरिरहेको जवाफ दिनेगरेको गाउँपालिका अध्यक्ष विकले जानकारी दिए । यो सडकको बीचभागमा पर्ने किरणनाला पुल समेत ढिलोगरी सम्पन्न हुने देखिएको छ ।
-गोरखापत्रबाट
२१ भाद्र २०८०, बिहीबार १५:२९ प्रकाशित