१८ भाद्र नेपालगञ्ज । नेपालगञ्जको एक पसलमा आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ त्रिभुवन चोकस्थित अत्तर अन्सारीले आफ्नै घरमा सञ्चालन गरेको नेपाल कलेक्सन फेन्सी पसलमा आज विहान साढे २ बजे आगलागी भएको बाँके प्रहरीले जनाएको छ ।
बिजुलीको लाइन सट भएर अचानक आगलागी भएको बताइएको छ । आगलागी लगत्तै पुगेको दमकल, प्रहरी र स्थानीयको सहयोगमा ३ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।
आगलागीबाट पसलभित्र रहेका सम्पूर्ण मालसामान (लेडिज र जेन्स) कपडा जलेर नष्ट भएका छन । आगलागीबाट करिब १ करोड बराबरको क्षती भएको अनुमान गरिएको छ ।
१८ भाद्र २०८०, सोमबार १४:४४ प्रकाशित