नेपालगन्जका दुई जुत्ता चप्पल सलमा आगलागी
  • काँचुली खबर

१६ भदाै, नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ बागेश्वरी टोलमा रहेको जुत्ता चप्पलको पसलमा आगलागी भएकाे छ ।

शुक्रबार राति विद्युत सर्ट भएर आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको हुन सक्ने प्रहरीले बताएको छ । मनिराम बटालाको हिमानी शु सेन्टर र धिरज कुमारको पुनम शु सेन्टर पसलमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीकाे घटनाप्रती नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष टंक बहादुर धामीले दु:ख व्यक्त गरेका छन् ।

  • १६ भाद्र २०८०, शनिबार १२:१५ प्रकाशित
  • Nabintech