नेटको तार जोड्ने क्रममा करेन्ट लागेर वलीको मृत्यु
  • काँचुली खबर

१० भदौ, कोहलपुर । बाँकेको कोहलपुरमा नेटको तार जोड्ने क्रममा एक जना युवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. २ विकाशनगरमा नेटको तार जोड्न विजुलीको पोलमा चढेका सुर्खेतका १९ वर्षिय गौतम ओलीको करेन्ट लागेर मृत्यु भएको हो ।

नेटको तार जोड्न विद्युतको पोलमा चढेका ओली करेन्ट लागेर खसेपछि तत्काल स्थानियहरुले उद्धार गरेर अस्पताल पुर्याएका थिए ।

घटना सम्बन्धि विस्तृत अध्ययन भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • १० भाद्र २०८०, आईतवार १९:५७ प्रकाशित
  • Nabintech