साउदीमा ज्यान गुमाएका चौधरीको शव नेपाल ल्याउन परिवारको हारगुहार
  • काँचुली खबर

१८ साउन, कोहलपुर । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका १२ का सुरेश चौधरीको साउदी अरबको सफनियामा मृत्यु भएको परिवार स्रोतले जनाएको छ ।

यहि साउन १३ गते राती चौधरीको मृत्यु भएको खबर पाएका आफन्तहरुले उनको शव नेपाल ल्याउन सहयोगको याचना गरीरहेका छन । छोरा परदेशमा बितेको पाँच दिन पुगीसक्दा समेत शव ल्याउनकालागी कुनै निकायबाट पहल नभएको सुरेशका बुबा कालिराम थारुले बताए ।

श्रीमान गुमाएको खबरले अर्धमुर्छित अवस्थामा रहेकी लिला चौधरीले जसरी भएपनि आफ्नो श्रीमानको शव घरसम्म ल्याईदिन अपिल गरीन । कोहलपुर नगरपालिका अन्तर्गत रोजगार सेवा केन्द्रमा शव झिकाउनकालागी तोकिएको ढाँचा अनुसार निवेदन दिइसकेको लिलाले बताइन् ।

सक्सेस नेपाल म्यानपावर एजेन्सी काठमाण्डौंबाट साउदी गएका चौधरीले साउदीमा ग्लफ को-अप्रेसन स्मोलस् कन्ट्राक्टिङ्ग कम्पनीमा काम गर्दै आएका थिए । ७ वर्षअघि बैदेशीक रोजगारीकालागी साउदी पुगेका चौधरीले समय-समयमा नेपाल आउने गरेको परिवार स्रोतले जनाएको छ ।

मृतक चौधरीका १० वर्षिय छोरा छन ।

  • १८ श्रावण २०८०, बिहीबार १३:४६ प्रकाशित
  • Nabintech