९ साउन, काेहलपुर । कोहलपुरमा रहेको कोहलपुर वृहत शहरी खानेपानी तथा उपभोक्ता संस्थाको साउन १२ गते हुन गइरहेको निर्वाचनका लागि समावेशी प्यानलका उम्मेदवारहरु उपभोक्ताको घरदैलोमा पुगेका छन ।
खानेपानी संस्थाभित्र आर्थिक सुशासन कायम गर्ने, आम कोहलपुर बासिलाई सुलभ मूल्यमा शुद्ध खानेपानीको व्यवस्थापन गर्ने लगायतमा मुद्दा बोकेर उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेका हुन ।
मङ्गलबार बिहान कोहलपुर वडा नं. १२ चप्परगाैंडिका उपभोक्ताहरु माझ पुगेर अध्यक्षका उम्मेदवार रुद्र प्रसाद खनाल लगायतको टोलीले कोहलपुर क्षेत्रको खानेपानी समस्या समाधान गर्न र कोहलपुर खानेपानी संस्थाको नेतृत्व गर्न आफू नेतृत्वको टिम सक्षम रहेको बताउँदै आफूहरूको प्यानललाई मतदान गर्न आग्रह गरेका छन् ।
साझा समावेशी प्यानल “खानेपानी उपभोक्तालाई स्वच्छ पिउने पानीको सुनिश्चितता, सुशासन युक्त संस्था सञ्चालन व्यवस्थापनको प्रतिवद्धता” भन्ने नारा सहित चुनावी मैदानमा उत्रिएको छ ।
प्यानलका अध्यक्षका पदका उम्मेदवार खनालले कोहलपुर क्षेत्रको खानेपानीको समस्या समाधानका लागी गुरुयोजना निर्माण गरि लागू गर्ने, बजार क्षेत्रमा सडकको दुवै तर्फ खानेपानीको पाइप बिच्छाउने आर्थिक बिपन्न भएका घरपरिवारलाई सौलियत र सहज रुपमा शुद्द पिउने पानीको पहुँच पुर्याउने प्रतिबद्धता जनाएका छन ।
यस्तै चपरगौडिका खानेपानी प्रयोग गर्ने उपभोक्ताहरुले खानेपानीमा भएको चरम लापरबाहीले गर्दा आफुहरुमा मात्र नभएर सम्पुर्ण कोहलपुरको जनमासमा असन्तुष्टि पैदा गरेको जनाएका छन् । उनिहरुले उपभोक्ताहरूले जडान गरेका धारामा पानी नआउने समस्या छिटो भन्दा छिटो समाधान गर्न आग्रह गर्दै साझा समावेशी प्यानलको नेतृत्व भएमा खानेपानीमा भएको चरम लापरबाही र बेथितिको बिरुद्द आवाज उठ्ने बिश्वास व्यक्त गरेका छ्न ।
९ श्रावण २०८०, मंगलवार १०:३४ प्रकाशित