आयाम प्रतिष्ठान नेपालद्धारा सदस्यता आह्वान
  • काँचुली खबर

१ साउन, कोहलपुर । आयाम प्रतिष्ठान नेपालको सदस्यता खुल्ला गरीएको छ । प्रतिष्ठानमा जोडिन चाहने ब्यक्तिहरुकालागि साउन १ गतेदेखी सदस्यता खुल्ला गरीएको प्रतिष्ठानका सचिव हरी प्रसाद चालिसेले जानकारी दिए ।

बि.सं. २०७५ सालमा स्थापना भई कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको प्रतिष्ठानले निरन्तर रुपमा सामाजिक उत्तरदायीत्व बहन गर्दै आईरहेको छ ।

प्रतिष्ठानका सचिव चालिसेका अनुसार प्रतिष्ठानमा जोडिन चाहने ब्यक्तिहरुले आजिवन तथा साधारण सदस्यताकालागी आवेदन दिन सक्नेछन ।

१० वर्षे जनयुद्धका सहिद ज्ञाम प्रसाद चालिसे (आयाम) को स्मृतीमा प्रतिष्ठान स्थापना गरीएको हो । बि.सं. २०२७ चैत्र २७ गते वाग्लुङमा जन्मीएका चालिसे जनयुद्धको क्रममा तत्कालिन सत्ता पक्षबाट मारिएका थिए । बाँके र बर्दियाको पार्टी जिल्ला ईन्चार्ज समेत रहेका चालिसे २०५८ मंसिर २६ गते कोहलपुरबाट गिरफ्तार भएका थिए । गिरफ्तार भएको दुई महिनापछि माघ २८ गते सैनिक हिरासतमै मारिएका चालिसेको स्मृतीमा आयाम प्रतिष्ठान नेपाल गठन गरीएको हो ।

  • १ श्रावण २०८०, सोमबार १९:२४ प्रकाशित
  • Nabintech