नेपाल दलित मुक्तिमोर्चा बाँकेको अध्यक्षमा अमर बि.क. चयन
  • काँचुली खबर

३ बैशाख, कोहलपुर । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चा बाँकेको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । आईतबार नेपालगन्जमा सम्पन्न भएको भेलाले अमर बि.क.को संयोजकत्वमा ६६ सदस्यीय जिल्ला समन्वय समिती चयन गरेको छ ।

उक्त समितिको सचिवमा नर बहादुर परियार रहेको संयोजक बि.क.ले जानकारी गराए । यही बैशाख महिना भित्र मोर्चाको प्रदेश र केन्द्रीय महाधिवेशन गर्नुपर्ने र त्यसकालगी वडा पालिका र जिल्लाका भेला सम्मेलन गरिसक्नुपर्ने संगठनको नीति भएकाले जिल्ला भेला गरिएको बि.क.ले बताए ।

जिल्ला भेलामा बाँकेका सबै पालिकाबाट सहभागीहरुको प्रतिनिधित्व रहेको सचिव नर बहादुर परियारले जानकारी दिए ।

  • ३ बैशाख २०८०, आईतवार २१:४७ प्रकाशित
  • Nabintech