साहित्य र जीवनको गहिरो सम्बन्ध हुन्छ : गिरी
  • काँचुली खबर

२१ चैत्र, कोहलपुर । वरिष्ठ कवि तथा समालोचक एवं भाषा आयोगका सदस्य डा। अमर गिरीले साहित्य र जीवनको गहिरो सम्बन्ध रहने बताएका छन । मंगलबार बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा आयोजित समसामायिक साहित्यिक बिर्मश कार्यक्रम आफ्नो धारणा राख्दै गिरीले साहित्य नभए जीवन शून्य र निरस हुने भन्दै हरेक मान्छेमा कविको गुण हुने बताए ।

हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानको समन्वय तथा बागेश्वरी साहित्य परिषदको आयोजनामा संचालन गरीएको समसामायिक साहित्यीक बिर्मश कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले समसामायिक नेपाली साहित्यका बारेमा बिर्मश गरेका थिए भने नेपाली भाषाका बारेमा आफ्ना भनाई राखेका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले भाषामा संस्कृति र सभ्यता बाँच्ने हुनाले भाषा आयोगले लोपोन्मुख भाषाको संरक्षण र विकसित भाषाको प्रयोग एवं विस्तारका योजना सरकालाई पेश गर्ने बताए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दानबहादुर हमालले यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा मद्दत पुग्ने भन्दै अतिथिहरूलाई धन्यवाद दिए ।

बागेश्वरी साहित्य परिषदका अध्यक्ष पुष्कर रिजालको अध्यक्षतामा संचालन गरीएको कार्यक्रममा हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुमित्रा न्यौपाने, सचिव बद्रि ढकाल, ज्ञानोदय पुष्तकालयका उपाध्यक्ष मणि प्रसाद गैरे, पत्रकार बिष्णु वेल्वासे, बागेश्वरी क्याम्पसका प्रशासन प्रमुख बेदराज लम्साल, स्ववियु सभापति देबेन्द्र बहादुर बुढा, प्राध्यापकहरु एवं कोहलपुरमा उपलब्ध साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

  • २१ चैत्र २०७९, मंगलवार १६:२५ प्रकाशित
  • Nabintech