३ चैत्र, काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
बाराको कलैयामा १४ वर्षसम्म शिक्षण गरेका रामसहाय यादवले उक्त पेसालाई जति इमानदारीपूर्वक अगाडि बढाए, त्यति नै इमानदारिता राजनीतिमा पनि देखाए । त्यही इमानदारिता, लगनशीलताका कारण उनी आज उपराष्ट्रपति बन्न सफल भएको जसपाका नेताहरु बताउँछन् । रामसहाय यादवलाई २०४६ सालको आन्दोलनपछि जिल्लाका कांग्रेसी नेताहरुले आफ्नो पार्टीमा प्रवेश गराउन चाहेका थिए तर नेपाल सद्भावना पार्टीले मधेसको अधिकारका लागि गरेको संघर्षबारे विद्यार्थीकालदेखि नै जानकार रहेका उनले सद्भावना पार्टीलाई रोजे । उनले सो पार्टीको शिक्षक मञ्चमा आवद्ध भएर काम गरे तर पार्टीभित्रको गुटबन्दी र नेताहरुमा आएको विचलनले गर्दा उनी मधेस आन्दोलनअघि तत्कालीन मधेशी जनअधिकार फोरममा आवद्ध भएका थिए ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मधेश आन्दोलनपछि शिक्षण पेसाबाट राजीनामा दिएर फोरममा सक्रिय भएका उनले रातो पासपोर्ट बेचेको आरोप पनि खेपे । तर आफू निर्दोष रहेको भन्दै त्यसको विरुद्धमा लडाइँ लडेर निर्दोष प्रमाणित पनि गरे ।
बारा जिल्लाको कचोर्वा-८, बसबरियाका ५२ वर्षीय रामसहाय यादवको सादाजीवन देखेर पार्टीका नेताहरु पनि छक्क पर्छन् । कुनै पनि जालझेलमा या गुटबन्दीमा नलाग्ने रामसहायलाई विवादरहित नेता मानिन्छ । बुबा स्व. प्रसादराय यादव र आमा सिहवा अहीरिनका दुई छोरा र तीन छोरीमध्ये रामसहाय यादव कान्छो छोरा हुन् ।
३ चैत्र २०७९, शुक्रबार १६:४३ प्रकाशित