१७ फागुन, खजुरा । किशोरीसँग उपाध्यक्ष कार्यक्रम अर्न्तगत किशोरीहरुलाई आत्म सुरक्षा सम्बन्धी तालिम बुधबारदेखि खजुरा गाउँपालिकाको मिनिपार्कमा सुरु भएको छ ।
किशोरीहरुलाई परिआउँदा प्रतिकार र आत्मरक्षा गर्न सक्ने तथा हिंसाबारे चेतना जगाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा संवेदनशिल अंगमा प्रहार गर्दा आफू कसरी बच्न सकिन्छ, आफ्नो क्षमता आफूले कसरी पहिचान गर्ने हिंसाका किसिमहरु के-के हुन ? आत्म अनुशासनमा कसरी बस्ने र परिस्थितिजन्य अवस्थामा आफ्नो बचाउ कसरी गर्न सकिन्छ भन्ने लगाएतका बारेमा प्रशिक्षण दिईनेछ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
खजुरा गाउँपालिकाको ८ वटै वडाबाट ५१ जना किशोरीहरुको सहभागिता रहेको छ । खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखाले कार्यक्रम संयोजक गरेको थियो । खजुरा गाउँ पालिका उपाध्यक्ष मन्जु मल्लको अध्यक्षता तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकको प्रमुख आतिथ्यतामा भएको थियो ।
तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी विकले आत्मरक्षा कला महिला तथा किशोरीका लागि मात्र नभएर आम नागरिकको रक्षामा महत्वपूर्ण भएको बताए । आफूसँग भएको सिप र स्रोत साधनको प्रयोगमा आफ्नो सुरक्षा आफै गर्न सक्ने कला आत्मरक्षा कला भएकाले यसको महत्वलाई सबैले बुझ्नु पर्ने उनको भनाइ छ ।
सो अवसरमा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय नृपाराज उपाध्याय, खजुरा गाउँपालिका समाजिक बिकास समिति संयोजक कृष्ण कुमारी पोख्रेल महिला तथा बालबालिका शाखा प्रमुख शुसिला न्यौपाने लगाएतको उपस्थिति रहेको थियो ।किशोरीहरुलाई आत्मसुरक्षा सम्बन्धी तालिम ६ दिनसम्म संचालन हुने भएको छ।
१७ फाल्गुन २०७९, बुधबार १८:२२ प्रकाशित