कात्तिक १, कोहलपुर । चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार कोहलपुरमा बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुले विशाल ¥याली सहितको घरदैलो गरेका छन । शुन्य समय सुरु हुनुपुर्व गठबन्धनले कोहलपुरमा शक्ती प्रदर्शन गरेको हो ।
कोहलपुर नगरपालिका ११ चौराहमा भेला भएका बाम-लोकतान्त्रीक गठबन्धनका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा करिब ५ हजार बढि स्थानिय सहभागी भएका थिए ।
घरदैलो कार्यक्रम पछिको सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार महेश्वर गहतराज (अथक) ले बिकास र समृद्धिकालागि गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको निर्वाचनमा सहभागी भई आफ्नो मतदाधिकारको प्रयोग गर्न समेत उनले सबै मतदाताहरुलाई आग्रह गरेका छन ।
बिगतमा गरेका कामको आधारमा बाँके क्षेत्र नं. १ का मतदाताले आफुलाई जिताउने बताउँदै वर्तमान सरकारका युवा तथा खेलकुद मन्त्री समेत रहेका अथकले गलत प्रवृत्तिलाई परास्त गरी परिवर्तनका पक्षधरलाई बिजयी बनाउन आग्रह गरे । चुनावी अभियानका क्रममा मतदाताहरुले देखाएको सद्भावले गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित देखिएको बताउँदै उनले अब मत हाल्ने औपचारीकता पुरा हुन मात्र बाँकी रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा १ (ख) का उम्मेदवार फुलाराम थारुले अग्रगमनका पक्षधरलाई मतदान गर्न सबैसँण्ग अपिल गरे । अनुभवी युवा उम्मेदवाहरुलाई मतदाताहरुले मत दिनेमा आफु विश्वस्त रहेको बताउँदै थारुले गठबन्धनका सबै उम्मेदवार सक्षम र परिपक्व रहेको जिकिर गरे ।
१ मंसिर २०७९, बिहीबार १८:०७ प्रकाशित