बिकासको सपना हाम्रै नेतृत्वमा पुरा हुनेछ : मन्त्री अथक
  • काँचुली खबर

कात्तिक १९, राप्तिसाेनारी । बाँके क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधी सभा सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक)ले राप्तीपारीबासीको बिकासको सपना अब बन्ने गठबन्धनको सरकारले पुरा गर्ने बताएका छन ।

आफु ५ वर्षे कार्यकालमा राप्ती नदिमा दोहरो तटबन्धन, सिक्टा सिचाई आयोजना र पूर्वि नगर, बिद्यालय भवनहरु, लगायत धेरै साना-ठुला आयोजनाहरु सुरुवात भएको भन्दै अब बन्ने गठबन्धको सरकारले बाँकी कामहरु पुरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले रोजगारीको सृजना, कृषी तथा पर्यटनको बिकास, सर्बसुलभ शिक्षा स्वाथ्य अबको प्राथमिकता भएको बताए ।

राप्ती सोनारी गाँउपालिका वडा नं. २ मा आयोजित जनभेटघाटमा बोल्दै उम्मेदवार अथकले राप्तीपारीकाे क्षेत्रमा बिजुली, बाटो, पुल पुलेसासँगै धेरै ठाँउमा बिद्यालय भवन निर्माण गरिएको भन्दै आगमी वर्षहरुमा नमुना बिकासको काम गरिने समेत दाबि गरे ।

कार्यक्रममा बाँके क्षेत्र नं. १ क कि प्रदेश सभा सदस्य कृष्णा केसी (नमुना)ले राप्ती क्षेत्रमा समग्र बिकासकालागी अभियान सुरु गरिएको भन्दै त्यसलाई पुरा गर्न आफुहरु पुन: उम्मेदवार बन्नु परेको बताईन । संविधानको रक्षा र पालनामा लागेका दलहरु मिलेर बनेको गठबन्धनलाई विश्वास गर्न समेत उनले आग्रह गरिन ।

कार्यक्रममा बाँके क्षेत्र नं १ निर्वाचन परिचालन समिती संयोजक नरेन्द्र न्यौपाने, नेपाली काँग्रेका क्षेत्र नं. १ सभापति एवं निर्वाचन परिचालन समिती सह-संयोजक पोषण केसी, नेपाली काँग्रेसका नेता माधव राम खत्रीले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका थिए । नेताहरुले राष्ट्रिय आवश्यकताले गठबन्धन गरिएको भन्दै यसको बलमा देशको समृद्धि र बिकास गरिने बताए ।

गठबन्धनका उम्मेदवारहरु शनिबार नै राप्तीसोनारी गाँउपालिका ८ र ९ मा जन भेटघाट कार्यक्रम गरेका छन । उनिहरुले गठबन्धनका उम्मेदवारहरुले जनताले अनुभुत हुने गरि बिकासको नेतृत्व गर्ने दाबि गरेका छन । प्रदेश सभा (ख) अन्तर्गत पर्ने राप्तीसोनारी ८/९ को घरदैलोमा प्रदेश सभा सदस्य फुलाराम थारुको समेत सहभागीता रहेको थियो ।

  • १९ कार्तिक २०७९, शनिबार १८:१५ प्रकाशित
  • Nabintech