कात्तिक १४, काेहलपुर । बाम-गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ का उम्मेदवार महेश्वरजंग गहतराज अथकले आगामी ५ वर्ष बिकास र निर्माणको वर्ष हुने बताएका छन । अघिलो ५ वर्ष सिकाईसँगै केहि बिकासको आधार तयार पारिएको भन्दै अथकले आगामी वर्ष बिकास र निर्माणको वर्ष हुने बताएका हुन । उनले सिहदरवारलाई चिनेको र यस क्षेत्रको बिकासमा प्रयोग गर्न सक्ने नेतालाई पुन: एक पटक छनोट गर्न आग्रह गरे ।
बाम-लोकतान्त्रीक गठबन्धन बाँके १ अन्तर्गत कोहलपुर नगरपालिका वडा नं. १ का अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै अथकले बिकासका आधार तयार पार्ने काम अघिल्ला वर्षहरुमा भएकाले अब क्रमशः बिकासका कामहरू अघि बढ्ने बताए । कोहलुर नगरपालिका वडा नं. १ मा स्कुल भवन निर्माण, स्कुलहरुमा आई.सि.टि. ल्याव निर्माणका साथै बिभिन्न बाटोहरु कालोपत्रे गरिएको भन्दै उनले केही याेजनाहरू पाईपलाईनमा रहेकाले त्यसलाई पुर्णता दिन पनि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
संबिधानको पुर्ण पालकाका लागी गठबन्धन निर्माण गरेर चुनावमा होमिएको भन्दै गठबन्धन सरकारले भुमिहीन तथा सुकुम्बासीहरुको समस्या समाधान गर्ने अथकले परतिवद्दता जनाएका छन ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन निर्माण गरिएको भन्दै निर्धक्क भएर गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
बाँके क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थाई समिती सदस्य एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर र बाँके १ (ख) मा नेपाली काँग्रेसका युवा नेता फुलाराम थारु रुख चुनाव चिन्ह लिएर चुनाबी प्रतिस्पर्धामा छन
१४ कार्तिक २०७९, सोमबार ०७:०८ प्रकाशित