कात्तिक ३, नरैनापुर बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्र न १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार कृष्णा केसी (नमुना) सँग भेटघाटको क्रममा जमुनीका मतदाताले नरैनापुर सुख्खा क्षेत्र भएकोले सिँचाइका लागि माग गरेका हुन ।
भेटघाट स्थानीयले आफुहरु वर्षौदेखि अध्यारोमा बस्न बाध्य भैरहेका बेला बिजुली र सडक ल्याएर गुण लगाएको भन्दै अब सिँचाइको व्यवस्था गरेर नरैनापुरमा कृषि गरेर रोजगार बन्न वातावरण सिर्जना गरिदिन आग्रह गरेका छ्न । जमुनीका रमजान अलि साइले बाख्रा पालनका लागि पकेट अनुदानको व्यवस्था गरिदिन माग गरे । “पहिले हामीले तपाईंलाई जिताएर सडक र बत्ति आयो त्यसैले पनि तपाईं काम गर्नुहुन्छ भन्ने पूरा विश्वास छ । यसपटक पनि हामी जिताउछौ ।” साइले भने त्यस्तै स्थानीय मणीराम धोबीले नमुनाले नरैनापुरमा सडक बत्ती ल्याएर नमुना काम गरेको बताए ।
स्थानीय मतदाताहरुसंगको छलफलमा नमुनाले नरैनापुरका बासिन्दाको माग अनुसार नरैनापुरका हरेक वडामा सिँचाइका लागि प्रत्येक वडामा ४/४ वटा डिप बोर्डिङको गाड्ने काम अघि बढेको बताइन । उनले सिक्टा सिचाइको पुर्वीनहरको मुआब्जाको समस्या समेत समाधान भैसकेकोले नरैनापुरमा छिट्टै सिँचाइको सुविधा पुग्ने बताइन । राप्तीनदीको कटानको समस्या समाधान गर्न नदी किनारमा तटबन्ध गर्ने काम समेत छिट्टै अघि बढ्ने बताइन ।
छलफलमा माओवादी केन्द्र मधेसी मुस्लिम र दलितको पाटी भएकोले गठबन्धनलाई मतदान गर्न तत्पर रहेको बताएका थिए ।
३ कार्तिक २०७९, बिहीबार १८:०९ प्रकाशित