असाेज ३०, काेहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडिकाे मृत्यु हुने गरि भएकाे दुर्घटनाप्रति दु:ख ब्यक्त गरेका छन ।
आइतबार बिहान पोखराको सराङकोटमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेलमा सहभागी खेलाडि सहितकाे प्याराग्लाइडिङ दुर्घटनामा परेकाे थियाे । दुर्घटनामा नेपाल त्रिभुवन आर्मी क्लबको तर्फबाट खेलमा सहभागी पोखराका निसिम थापाको मृत्यु भएको थियाे । उक्त घटनाप्रति दुख ब्यक्त गर्दै मन्त्री अथकले मृतक खेलाडिलाई श्रद्धाञ्जली अर्पण गरेका हुन ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सामाजिक संजालमा घटना प्रति दुख ब्यक्त गर्दै मन्त्री अथकले यस्ताे लेखेका छन, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत प्यारागलाइडिङ प्रतियोगितामा सहभागी त्रिभुवन आर्मी क्लव(विभागीय)का खेलाडी निसिम थापाको मृत्युको खबरले दुःखीद र मर्माहत बनाएको छ । यो क्षति र शोकको घडीमा मृतक प्रति हार्दिक श्रद्वान्जली । शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना । साथै सबैलाई धर्यै धारण गर्न उच्च मनोबल राख्न अनुरोध छ ।’
३० आश्विन २०७९, आईतवार १८:४४ प्रकाशित