वर्षाका बिच मन्त्री अथकद्धारा साफ महिला च्याम्पियनसिपको उद्घाटन

पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

  • काँचुली खबर

भाद्र २१, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरीएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गरेका छन । मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गरेका हुन ।

प्रतियोगिता उद्घाटनकालागि पुर्वनिर्धारित समय मंगलबार बेलुका ५ः३० बजे ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गरेका थिए । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुगेका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।

मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरीएको छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटान बिच भएको थियो । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४-० गोलले पराजित गरेको छ ।

नेपालकालागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २-२ गोल गरे । सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गरेका थिए । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।

  • २१ भाद्र २०७९, मंगलवार २१:२५ प्रकाशित
  • Nabintech