२३ बैशाख २०८१, आईतवार
आगामी चुनावले नवाैं खेलकुदलाई असर गर्दैन : मन्त्री अथक
  • काँचुली खबर

साउन १९ काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले चुनावको मितिले राष्ट्रिय खेलकुद प्रतियोगिता प्रीतयोगितालाई असर नगर्ने बताएका छन् ।

मन्त्रीपरिषद्को बिहीबारको बैठकले मंसिर ४ मा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एक चरणमा गर्ने घोषणा गरेको छ । त्यसको एक महिना अघि राष्ट्रिय गौरवको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुदैछ ।

‘निर्वाचनको आचार संहिता मतदानको ४५ दिन अघिमात्र सुरु हुन्छ । अहिलेको घोषणाले नवौं राष्ट्रिय खेलकुदलाई असर गर्दैन ।’ मन्त्री अथकले भने, ‘सरकारको पूर्व घोषित कार्यक्रम भएकाले आवश्यक परेको अवस्थामा निर्वाचन आयोगसँग आचार संहिता उल्लंघन नहुने प्रतिबद्धता सहित अनुमती लिन सकिन्छ ।’

सरकारले मंसिर ४ गते चुनावको मिति घोषण गरेको छ । त्यसको ४५ दिन अघि निर्वाचन आयोगले चुनावी आचार संहिता लागु गर्नेछ । सोही समयमा नवौं राष्ट्रिय खेलकुद आयोजनाको तयारी समेत अन्तिम चरणमा हुनेछ ।

सरकारले तीन वर्षदेखि रोकिएको राष्ट्रिय खेलकुद प्रतियोगिता यसैवर्ष असोजको अन्तिमदेखि कात्तिकको पहिलो साताभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । प्रतियोगिताका लागि करिब ६० करोड रुपैयाँको बजेट समेत अर्थमन्त्रालयबाट स्विकृत भैसकेको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभाग, एक एनआरएन गरि ११ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

  • १९ श्रावण २०७९, बिहीबार १९:१३ प्रकाशित
  • Nabintech