जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् ।
उनले एसियाली र ओलम्पिक प्रतियोगितामा पदक विजेता नेपाली खेलाडीका लागि आजीवन मासिक जीवन वृत्तिको प्रवन्ध गरिएको पनि जनाए । उनले खेलकुद संघलाई दिएको अनुदान वृद्धि गरिएको बताए ।
१५ जेष्ठ २०७९, आईतवार १७:४९ प्रकाशित