१८ बैशाख २०८१, मंगलवार
एन्फा निर्वाचन : २१ पदका लागि ५४ जनाको उम्मेदवारी
  • काँचुली खबर

१३ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका २१ पदका लागि कूल ५४ जनाको उम्मेदवारी परेको छ । जेठ ६ देखि १२ गतेसम्म मनोनयनका लागि तोकिएको समयसीमाभित्र अध्यक्षका लागि ३ सहित ५४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जानकारी दियो ।

आगामी असार ६ गते हुने एन्फाको २१औं साधारण सभा तथा केन्द्रीय निर्वाचनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ सदस्य (दुई महिला अनिवार्य) गरी २१ जना निर्वाचित हुनेछन् ।

निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ छुट्टा-छुट्टै प्यानल बनाएर होमिएका छन् ।

चार वर्षअघि ‘चेन्ज एन्फा’ को नारा लिएर एउटै टिममा रहेका कर्मा र पंकज यस पटक भने एक अर्का विरुद्ध प्रतिस्पर्धामा उत्रिएका छन् । फ्रेण्ड्स क्लबका पूर्व उपाध्यक्ष राजीव राज पौड्यालले पनि अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।

वरिष्ठ उपाध्यक्षको लागि दुई तथा चार उपाध्यक्षको लागि ८ जनाको दावेदारी परेको छ । सदस्यमा ५ महिलासहित कूल ४१ जनाको मनोनयन परेको छ ।

सदस्यमा दुवै पक्षबाट १३-१३ जनाले उम्मेदवारी दर्ता गराउँदा केहीले स्वतन्त्र रुपमा मनोनयन गराएका छन् । महिलातर्फ पनि ५ जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका छन् ।

अहिलेसम्म विभिन्न पदमा मनोनयन दर्ता गराउने उम्मेदवारहरुको अडियन्स एण्ड कम्प्लायन्स कमिटीबाट इन्ट्रेग्रिटी परीक्षण भइरहेको र प्रारम्भिक नामावाली सार्वजनिक गर्ने तयारीमा निर्वाचन समिति छ । त्यसपछि उम्मेदवारहरुमाथि दावी विरोध गर्ने समय राखिनेछ ।

  • १३ जेष्ठ २०७९, शुक्रबार १६:०२ प्रकाशित
  • Nabintech